जिप र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

बुधबार, २९ असोज २०८२

काठमाडौं । मीनभवनस्थित सडकमा जिप र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियार घाइते भएर उपचारका क्रममा सिभिल अस्पतालमा निधन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

नयाँबानेश्वरबाट ‘राइट टर्न’ गर्दै गरेको बागमती प्रदेश–०३–६५ नम्बरको जिप र तीनकुनेतर्फ जाँदै गरेको बा ८१ प ४०१० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार