काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सर्वदलीय बैठक सुरु भएको छ । संसद् विघटनबारे दलहरूको राय माग्न सभामुख घिमिरेले सर्वदलीय बैठक आयोजना गरेका हुन् । उनले संसद् पुनर्स्थापनाको माग लिएर सभामुख अदालत जानुपर्छ कि जानु पर्दैन भनेर दलहरूको धारणा लिन लागेका हुन् ।
छलफलमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका श्याम घिमिरे, एमालेका महेश बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका ज्ञानेन्द्र शाही, नेकपा एसका राजेन्द्र पाण्डे, जसपाकी रेखा यादवलगायत सहभागी छन् ।
विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी रहेका थिए । बैठकमा रास्वपा भने अनुपस्थित छ ।
दलहरूको धारणा लिएपछि पूर्वमहान्याधिवक्ताहरू, नेपाल सभामुख घिमिरेले सुरुमा दलहरूको धारणा दिने र त्यसपछि सर्वोच्च बारका पदाधिकारीसँग छलफल गर्ने तयारी छ । यस्तै, सभामुख घिमिरेले पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग पनि छुट्टाछुट्टै छलफल गर्ने भएका छन् ।
प्रतिक्रिया