ओलीले भने- एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ

बुधबार, २९ असोज २०८२

ललितपुर:  नेकपा एमालेका अध्यक्ष एवं निः वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुने चेतावनी दिएका छन् ।

बुधवारबाट ललितपुरको जावलखेलमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेले मुलुकको राजनीतिक, आर्थिक क्षेत्रको नायकत्व गरिरहेको पार्टी भएको दाबी समेत गरे । उनले मुलुकमा अगुवाइ गर्न सक्षम पार्टीको रूपमा एमाले रहेको व्यवहारले नै पुष्टि गरेको जिकिर समेत गरे ।

अध्यक्ष ओलीले भने ‘कसैले अब सधैँका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला । यो भ्रम नपाले हुन्छ । एमाले राजनीतिक आर्थिक नायकत्व दिइरहेको पार्टी हो । व्यवहारले यसको पुष्टि गरेको थियो, देखाएको थियो । विश्व बैंकको हालै प्रकाशित तथ्याङ्कले पनि एमाले सरकारमा नहुँदा मुलुक कसरी कमजोर हुन्छ छन्ने पुष्टि भयो ।’

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा अडान लिएपछि आक्रमण हुने गरेको समेत बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार