धरान : सुनसरीको धरानबाट प्रहरीले विभिन्न लागु औषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
अस्थायी प्रहरी विट जोरसखुवा धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका वडा नम्बर १६ नौलो बस्तीका युवा विष्णु सुब्बालाई क्लिोमाईन , ट्रामाडोल ट्याब्लेस सहित पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
आइतबार दिउँसो ४ बजेतिर शंकास्पद अवस्थामा रहेका सुब्बालाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट लागूऔषध ट्रामाडोल ५ सय २५ ट्याब्लेट र डिक्लोमाईन ३ सय ७५ ट्याब्लेट सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
लागु औषध सहित पक्राउ परेका सुब्बालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको समेत प्रहरीले जनाएको छ ।
प्रतिक्रिया