दमकको पाथीभरा गेष्ट हाउसमा महिला मृत फेला

बुधबार, २९ असोज २०८२

झापा : झापाको दमकस्थित एक गेष्ट हाउसमा एक महिला मृत फेला परेकी छिन्। इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक–६ निवासी रुपादेबी कडरियाले सञ्चालन गर्दै आएको पाथीभरा गेष्ट हाउसमा काम गर्दै आएकी धनकुटा पाख्रीवास स्थायी घर भएकी अन्दाजी ३६ वर्षीया सम्झना परियार मृत फेला परेकी हुन्।

प्रहरीका अनुसार दुई दिनअघि राति खाना खाएर तीन तले होटलको दोस्रो तलाको सधैं सुत्ने कोठामा सुतेकी परियार हिजो दिउँसोसम्म पनि नउठेपछि सोही गेष्ट हाउसमा बस्दै आएकी दुर्गा बर्देवाले बोलाउन जाँदा प्रतिक्रिया नदिएपछि कोठामा हेर्दा उनी घोप्टो परेर सुतिरहेको अवस्थामा मृत फेला परेकी थिइन्।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा परियारले मादक पदार्थ सेवन गरेको आशंका गरिएको र उनको शरीरमा कुनै चोटपटक वा निलडाम नदेखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार