सभामुखले राजनीतिक कू गर्न खोजे : पूर्ण बस्नेत

विहीबार, ३० असोज २०८२

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सभामुख देवराज घिमीरेले राजनीतिक कू गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार सभामुख घिमीरेले दलका प्रतिनिधिहरुसँग संसद पुनर्स्थापनाबारे गरेको छलफलबारे धारणा राख्दै उनले उक्त कुरा बताएका हुन् ।

बस्नेतले भने, ‘प्रतिनिधि सभा विघटन र वर्तमान सरकारको गठन जेनजी आन्दोलनका उपज हुन् । प्रत्यक्ष निर्वाचित कार्यकारिी प्रमुखको निर्वाचन र भ्रष्टाचारीमाथि कारबाहीे आन्दोलनले दिएको म्याण्डेट हो । विघटीत संसद पुनर्स्थापनाको बहस औचित्यहिन हो । सभामुखले राजनीतिक षड्यन्त्र गर्न खोजेको देखियो ।’

जेनजी आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै दलहरुलाई विश्वासमा लिएर मुलुकलाई निर्वाचनमा होम्नका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्नेमा बस्नेतले जोड दिए । निर्वाचनलाई स्वस्थ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन कार्य सम्पन्न हुनुपर्ने उनको भनाइ छ । निर्वाचन आयोगले आज सबै राजनीतिक दलहरुसँग आगामी फागुन २१ मा हुने प्रतिनिसभा सदस्यको निर्वाचनबारे छलफल गर्दैछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार