साउदी अरबले एकै वर्षमा मृत्युदण्डको आफ्नै रेकर्ड तोडेको सोमबार अधिकारीहरूले तथ्याङ्कलाई उद्धृत गरी बताएका छन् ।
अधिकारीहरूले सोमबार एकै दिन तीन जनालाई मृत्युदण्ड दिएको र यो बर्ष ३४० जनालाई मृत्यु दण्ड दिएको थाहा हुन आएको छ ।
एएफपीको गणनाअनुसार यो वर्ष साउदीले ३४० जनालाई मृत्युदण्ड दिएको र पछिल्ला वर्षहरूमा मृत्युदण्ड दिने देशहरूमा चीन र इरानपछि साउदी अरब तेस्रो स्थानमा रहेको छ ।
सन् १९९० को दशकमा अधिकारवादी समूहहरूले पहिलो पटक मृत्युदण्डको सङ्ख्याको अभिलेख राख्न थालेयता साउदी अरबले आफ्नै रेकर्ड तोडेको यो लगातार दोस्रो वर्ष हो। सन् २०२४ मा यहाँ ३३८ जनालाई मृत्युदण्ड दिएको थियो।
सन् २०२५ को सुरुदेखि साउदी अरबले लागुऔषधसम्बन्धी मुद्दामा २३२ जनालाई मृत्युदण्ड दिएको छ, जुन अहिलेसम्म गरिएको ३४० मृत्युदण्डमध्ये अधिकांश हो।
विश्लेषकहरूले मृत्युदण्डको वृद्धिलाई सन् २०२३ मा सुरु भएको साउदीको चलिरहेको ‘लागुऔषध विरुद्धको लडाईँ’ सँग जोड्छन्, यसमा पहिलो पटक पक्राउ परेकामध्ये धेरैलाई कानुनी कारबाही र दोषसिद्धिपछि मात्र मृत्युदण्ड दिइँदैछ ।
साउदी अरबले लागूऔषध मामिलामा मृत्युदण्डको प्रयोगलाई करिब तीन वर्षसम्म निलम्बन गरेपछि सन् २०२२ को अन्त्यमा लागुऔषध अपराधका लागि मृत्युदण्डको सजाय पुनः सुरु गरेको थियो ।
संयुक्त राष्ट्र संघका अनुसार अरब विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र क्याप्टागनका लागि सबैभन्दा ठूलो बजार पनि हो, जुन बशर अल–असदको शासनकालमा सिरियाको सबैभन्दा ठूलो निर्यात थियो। गत वर्ष असदलाई सत्ताच्युत गरिएको थियो ।
लागूपदार्थको बिरूद्ध आफ्नो युद्ध सुरु गरेपछि देशले राजमार्ग र सीमाहरूमा प्रहरी जाँच बढाएको छ र जाँचमा लाखौँ प्रतिबन्धित औषधिसहित दर्जनौँ तस्करहरू पक्राउ परेका छन्।
यस अभियानको मार विदेशीहरूले पनि भोगिरहेका छन् ।
साउदी अरबले लामो समयदेखि आफ्ना विशाल पूर्वाधार परियोजनाहरू निर्माण गर्न, परिवारका लागि घरेलु कामदारको रूपमा सेवा गर्न लाखौँ विदेशी कामदारहरूमा निर्भर रहँदै आएको छ।
साउदीले मृत्युदण्डको प्रयोगलाई लिएर पनि निरन्तर आलोचनाको सामना गरिरहेको छ । अधिकार समूहहरूले साउदी अरबलाइृ अत्यधिक र विश्वसामु आधुनिक छवि प्रस्तुत गर्ने देशको प्रयासको विपरीत भन्दै निन्दा गरेका छन्।
“यी हिंस्रक अपराधी होइनन्, र अधिकांश विदेशी नागरिक हुन् । उनीहरूलाई मृत्युदण्ड दिनु अन्तर्राष्ट्रिय कानूनको विरुद्ध हो जसले मृत्युदण्डलाई जानाजानी हत्याको लागि मात्र प्रयोग गर्न आदेश दिन्छ,” रिप्रिभ अधिकार समूहका ह्यारियट म्याकुलोचले भने ।
अधिकारकर्मीहरू भन्छन्,“साउदी अरबले मृत्युदण्डलाई निरन्तर अँगाल्ने कार्यले अधिक खुला, सहिष्णु समाजको छविलाई कमजोर पार्छ जुन राजकुमार मोहम्मद बिन सलमानको दृष्टिकोणको सन् २०३० सुधार एजेन्डाको केन्द्रबिन्दु हो ।
साउदी अरबले आफ्नो तेलमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने प्रयास गर्दै सन् २०३४ को विश्वकपजस्ता पर्यटकीय पूर्वाधार र शीर्ष खेल कार्यक्रमहरूमा ठूलो खर्च गरिरहेको छ । सार्वजनिक सुव्यवस्था कायम राख्नका लागि मृत्युदण्डको सजाय आवश्यक रहेको र पुनरावेदनका लागि सबै उपाय सकिएपछि मात्र यसको प्रयोग गरिन्छ ।
एम्नेस्टी इन्टरनेशनलले सन् १९९० मा साउदी अरबमा मृत्युदण्डको दस्तावेजीकरण सुरु गरेको थियो। त्यसअघिको तथ्याङ्क धेरै हदसम्म अस्पष्ट छ ।
एम्नेस्टी इन्टरनेशनलका अनुसार साउदी अरब सन् २०२२, सन् २०२३ र सन् २०२४ मा चीन र इरानपछि विश्वव्यापी रूपमा मृत्युदण्डको सजाय दिने तेस्रो स्थानमा रहेको छ।
प्रतिक्रिया