काठमाडौँ । प्रहरीले आउँदै गरेको तिहार र छठ पर्वको समयमा चोरी तथा लुटपाटका घटना बढ्न सक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै काठमाडौँ जिल्ला प्रहरी परिसरले सुरक्षा सावधानीका उपायहरू सुझाएको हो ।
आफ्नो घर, टोल, छिमेकमा आपत्कालीन साइरन र सिसिटिभी क्यामेरा जडान गर्न र 'तिहार र छठ पर्वको लागि गाउँ जान लागेको' लगायत उल्लेख गरी सामाजिक सञ्जालमा पोस्ट नगर्न प्रहरीले भनेको छ ।
"धम्कीपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खबर गरौँ," सूचनामा भनिएको छ, "विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्ने गरौँ; नगदबाट गर्नु पर्दा उच्च सावधानी अपनाऔँ ।"
प्रतिक्रिया