चौदण्डीगढीको हँडियामा रातको समयमा जङ्गली हात्ती गाउँ पस्दा गाउँले जाग्राम बस्न बाध्य

सोमबार, २९ मंसिर २०८२
फाइल फोटो

गाईघाट : उदयपुरको हँडिया क्षेत्रमा रातको समयमा जङ्गली हात्ती गाउँ पसेर खाद्यान्न तथा बाली नोक्सान गर्न थालेको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर १० मा केही दिन यता देखि दैनिक जसो हात्ती रातको समयमा गाउँमा पसेर थन्क्याएका खाद्यान्न तथा बालीहरु नोक्सान गर्न लागेको स्थानीय श्यामनारायण चौधरीले जानकारी दिए । 

हात्तीले रातको समयमा आएर भकारी भत्काएर धान खाने तथा नोक्सान पुर्याउने विभिन्न विरुवाहरु खाने भाँच्ने गरेको क्षति पुर्याउदै आएको स्थानीयले गुनासो गर्दै आएका छन् । गत शनिबार रातिमात्र स्थानीय अमृत अधिकारीको घरको बार भत्काएर हात्तीले अन्न क्षति गरेको थियो । यसैगरी, स्थानीय पर्शुराम हुजदारको घरको भकारीमा राखेको धान हात्तीले क्षति गरेको जानकारी दिए । मध्यरातमा हात्ती प्रवेश गरेर घर वरिपरि बिरुवा खाने र भकारी भत्काएर धान खाने गरेको हुजदारले वताए । दैनिक जसो हात्ती रातको समयमा गाउँमा प्रवेश गर्न थालेपछि कतिपय गाउँले रातभरि आगो बालेर हात्ती धपाउन जाग्राम नै बस्न थालेको स्थानीयवासी सीताराम चौधरीले बताए । चिसो बढी रहेको समयमा दैनिक रातको समयमा हात्ती गाउँ प्रवेश गरेर बिगार गर्न थालेपछि आफुहरुले सास्ती भोग्नु परिरहेको स्थानीयको गुनासो रहेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार