सुनसरी : संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि युनाइटेड नेसन्स मल्टीडाइमेन्सनल इन्ट्रिग्रेटेड स्टेबलाइजेसन मिसन इन सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ।
लाइट इन्फ्यान्ट्री बटालियनअन्तर्गतको युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्नको लागि गोरखनाथ गण (शान्ति सेना) चौथो डफ्फाका १७५ जना शान्ति सैनिकहरूको पहिलो टोली २०८२ मङ्सिर २८ गते मिसन इलाकामा प्रस्थान गरेका छन।
त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २२५ जना नेपाली शान्ति सैनिकहरू मङ्सिर २८ गते नै स्वदेश फिर्ता भएका छन। हाल उक्त मिसनमा नेपाली सेनाका १,१८९ जना शान्ति सैनिकहरू कार्यरत छन।
प्रतिक्रिया