काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले पद छाड्ने कि नछाड्ने फेसबुकले भनेर नहुने बताएका छन् ।
आज केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले हट्नु पर्छ कि पर्दैन फेसबुकले भनाइ केन्द्रीय कमिटीले भन्नुपर्ने बताएका हुन् ।
“अध्यक्षले छोड्नुपर्छ भनेको सुन्छु । मैले हट्नु पर्छ कि पर्दैन फेसबुकले भन्ने होइन । यही पंक्तिले भन्ने हो,” केन्द्रीय कमिटी बैठकमा उनले भने, “यस (केन्द्रीय कमिटी) को आदेशमा जुनसुकै कुरा हुन्छ ।”
पार्टी र पदबाट हट्ने पनि प्रक्रिया हुने उनको भनाइ छ ।
प्रतिक्रिया