काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएको समूहले नयाँ दलको मान्यता पाएको छ।
मंगलबार निर्वाचन आयोगले जनस्वराज पार्टी (जस्वपा)लाई मान्यता दिएको हो।
पार्टीको अध्यक्षमा दीपककुमार साह छन्। जनस्वराजको झन्डा निलो, सेतो र रातो रङको ठाडो धर्का (स्ट्रीप) रहने आयोगले जनाएको छ।
जनमतले पार्टी रहेका उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सूर्यनारायण यादवलाई कारबाही गरेपछि विवाद भएको थियो।
लामो समयको विवादपछि पार्टीका केही नेताले औपचारिक रूपमा विभाजनको बाटोमा रोजेका थिए।
प्रतिक्रिया