काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज (सोमबार) हुँदै छ।
विशेष महाधिवेशन व्यवस्थापन उपसमितिका प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार आज बिहान ८ बजेदेखि १० बजेसम्म प्रतिनिधिको नाम दर्ता र खाजाको समय छुट्याएर १० बजे बन्दसत्र थालिने भएको हो।
आइतबार बेलुकीसम्म नाम दर्ता गराएका महाधिवेशन प्रतिनिधिको एकिन संख्या पनि आजै सार्वजनिक गरिने उनले जानकारी दिए।
नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटनसत्रले पार्टीभित्र परिवर्तनको स्पष्ट संकेत गरेको छ।
काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिताले कांग्रेसको ग्रासरुटमा विद्रोहको विस्फोट देखाएको छ।
कांग्रेसका बहुमत प्रतिनिधिको विद्रोह, नेतृत्व छान्ने बारे तीन मतको संस्थापक्षको असहमतिका बाबजुद कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि कांग्रेसको दोस्रो विशेष महाधिवेशन भइरहेको छ। जहाँ बहुमत प्रतिनिधि सहभागी भइरहेका छन्।
प्रतिक्रिया