झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको चारालीस्थित प्रसिद्ध सानाे पाउ पाथिभरा मन्दिर दर्शन दर्शन गरेका छन् ।
दमक नगरपालिका–९ स्थित हिमालय महालक्ष्मी टी–स्टेटमा रहेको मिनी दरबारबाट आएका पूर्व राजा शाहले आज बिहान पाउ पाथिभरा मन्दिरको दर्शन गरेका हुन् ।
पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहसहित पूर्वराजा शाह बा २१ च ७३१८ नम्बरको गाडीमार्फत झापा जिल्लाको मेचीनगर नगरपालिका–१३, चारआलीस्थित पाउ पाथिभरा मन्दिर दर्शनका लागि आएका थिए ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पाथिभरा मन्दिरमा दर्शनका लागि पूर्वराजा दम्पतीपूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पाथिभरा मन्दिर दर्शन
को आगमनलाई स्थानीयवासीले चासोका साथ हेरेका छन्।
प्रतिक्रिया