नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको समय परिवर्तन, १ बजे बस्ने

मंगलबार, २९ पुस २०८२

काठमाडौं: नेपाली कांग्रेसले आज (मंगलबार)का लागि तय गरेको केन्द्रीय कार्यसमितिको बैठकको समय परिवर्तन गरेको छ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्ति अनुसार, यसअघि बिहान ११:०० बजे बस्ने भनिएको बैठक अब दिउँसो १:०० बजे बस्ने भएको हो।

ललितपुरको बी.पी. नगरस्थित पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्ने उक्त बैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू तथा सातवटै प्रदेशका सभापतिहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ।

पार्टीभित्र विशेष महाधिवेशन र आगामी निर्वाचनको रणनीतिका विषयमा छलफल भइरहेका बेला बोलाइएको यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ।

बैठकको समय परिवर्तन हुनुको विशेष कारण नखुलाइए पनि विकसित राजनीतिक परिस्थिति र आन्तरिक परामर्शका कारण समय हेरफेर गरिएको बुझिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार