एसबिआई बैंक लुटपाटः बनेपाबाट गएका थिए लुटेरा, एक करोड ८० लाख बरामद

बुधबार, ३० पुस २०८२

सिन्धुली : सिन्धुलीको घ्याङलेख–२ स्थित नेपाल एसबिआई बैंकको शाखाबाट मंगलबार साँझ डकैती भएको छ। डकैतीमा संलग्न ६ जनाको समूह अझै फरार रहँदा प्रहरीले जंगलमा छोडेर भागेको अवस्थामा एक करोड ८० लाख १० हजार रुपैयाँ बरामद गरेको छ।

सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, डकैती समूहले पेस्तोल देखाएर बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएर सेफ खोल्न लगाएका थिए। लुटपाटको क्रममा बैंकका सुरक्षा गार्ड सामान्य घाइते भएका छन्।

जाँचअनुसार, लुटेरा समूह मंगलबार बिहान करिब १० बजे बनेपाबाट बोलेरो गाडी भाडामा लिएर घटनास्थलमा पुगेको थियो। तर पैसा लुटेपछि उनीहरू गाडीमा फर्कन नसकेर जंगलतर्फ भागेका थिए। गाडी चालकलाई पनि उनीहरूले विशेष उद्देश्यका लागि प्रयोग गरेको पाइएको छ।

प्रहरीले घटनामा पेशेवर समूहको संलग्नता रहेको पुष्टि गरेको छ। डकैतीको नेतृत्व करिब ५० वर्षका एक व्यक्तिले गरेको बताइएको छ। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार