इटहरी : नेपाली काँग्रेसका नेता केदार कार्कीले सवल र साझा काँग्रेस निर्माणका लागि अझै समय बाँकी रहेको बताएका छन्। कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीभित्र देखिएको विवाद समाधान गर्न संयमता आवश्यक रहेको उल्लेख गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, “आवश्यकताभन्दा बढी हठ जो–सुकैले गरे पनि दुर्घटना हुन्छ। संयमताले सही परिणाम दिन्छ। अझै समय छ—साझा काँग्रेस, सबल काँग्रेस।”
नेपाली काँग्रेसको संस्थापन पक्षले गगन थापा र विश्वप्रकाश शर्मालगायत नेतामाथि कारबाही गरेको तथा विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया सुरु भइसकेकाले केन्द्रीय समिति विघटन भइसकेको दाबी गरिरहेको अवस्थाबीच कार्कीको यस्तो अभिव्यक्ति आएको हो।
उनी शेखर कोइराला निकट भएपनि विषेश महाधिवेशनको पक्षमा खुलेका छन् ।
प्रतिक्रिया