काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा पक्षका तरुण दलले पहरा दिएको छ।
कारबाहीमा परेका गगन थापा र विश्वप्रकाश शर्माको समूहले पार्टी कार्यालय कब्जा गर्न सक्ने आशंकामा तरुण दलका नेता तथा कार्यकर्ताहरू कार्यालयमै आगो तापेर बसेका छन्।
अर्को विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ। केही समयमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषणा हुने तयारी भइरहेको नेताहरूले बताएका छन्।
प्रतिक्रिया