कांग्रेसभित्रका घटना–परिघटनामा सरकार सजग : गृहमन्त्री अर्याल

बुधबार, ३० पुस २०८२
File Photo

जनकपुरधाम : गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाली कांग्रेसभित्र देखिएका घटना–परिघटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्। उनले जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सञ्चारकर्मीलाई जानकारी दिँदै भने, “यसले चुनावमा असर पर्छ कि पर्दैन भनेर सरकार सजग छ। २१ फागुनमा चुनाव गराउने हाम्रो प्रतिबद्धता छ।”

गृहमन्त्री अर्यालले नागरिक समाज र राजनीतिक दलको सहयोग आवश्यक रहेको उल्लेख गर्दै धार्मिक सद्भाव बिगार्ने कार्यमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सुरक्षा निकायमा व्यवसायिकता, निष्पक्षता र समन्वयलाई प्राथमिकता दिन निर्देशन पनि दिएका छन्।

अर्यालका अनुसार विगतमा हराइएका हतियार फिर्ता हुने क्रम जारी छ र समग्र शान्ति–सुरक्षा सरकारको नियन्त्रणमा रहेको छ, जसले निर्वाचन वातावरणलाई विश्वासयोग्य बनाउनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार