काठमाडौँ : प्राइम कमर्सियल बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न भएको छ ।
साधारणसभाले सञ्चालक समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर तथा बोनस सेयरको कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, आजै सम्पन्न साधारणसभाले निर्वाचन कार्यक्रमअनुसार सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक पदमा वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । डा. विष्ट यसअघि पनि बैंकको सञ्चालकको जिम्मेवारीमा रहिसकेका छन् ।
साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले बैंकले विगतमा झैँ आगामी दिनहरूमा पनि सेवा तथा शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिने बताए । साथै, शेयरधनीलाई यथोचित र समयसापेक्ष प्रतिफल प्रदान गर्ने तथा ग्राहक–केन्द्रित डिजिटल समाधानमार्फत बैंकिङ सेवा अझ आधुनिक र सरल बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रतिक्रिया