नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, ५% बोनस सेयर र ८% नगद लाभांश पारित

बुधबार, ३० पुस २०८२

काठमाडौँ : नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट प्रस्तावअनुसार ५% बोनस सेयर र ८% नगद लाभांश पारित गरेको छ।

सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि पारित भएका छन्। अध्यक्ष घिमिरेले नागरिक पेन्सन योजना प्रवद्र्धन गर्दै स्वरोजगार र वैदेशिक रोजगारमा रहेका सर्वसाधारणलाई समेट्ने योजना रहेको बताए। साथै, कोषले बचत संकलनको दायरा विस्तार गर्ने, नेपाल सरकारका प्राथमिक परियोजनामा लगानी बढाउने र जोखिम विश्लेषणपछि पूर्वाधार परियोजनामा लगानी गर्ने योजना रहेको बताए।

कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सेयरधनीका जिज्ञासा र सुझावलाई आगामी दिनमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म कोषको खुद मौज्दात रकम २ खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट नारायणप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार