झापामा २७ वर्षीया महिलामाथि बलात्कार

शनिबार, २९ कार्तिक २०८२

झापा : झापामा एक २७ वर्षीया महिलामाथि बलात्कार भएको आरोपमा ४२ वर्षीय एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे महिला पक्षले दिएको लिखित जाहेरीका आधारमा प्रहरीले ती व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ।

घटना कात्तिक २७ गते साँझ करिब ६ बजे भएको बताइएको छ। पीडित महिला करिब एक वर्षदेखि माइतीघरमा बस्दै आएकी थिइन्।

सोही बेला घाँस काट्न निस्केकी ती महिलालाई आरोपित पुरुषले जबरजस्ती हात समातेर तानेर, महिलाले सञ्चालन गर्दै आएको पसलभित्र लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

पीडित पक्षका अनुसार घटनापछि महिलाको माइती पक्षका एक सदस्यले कात्तिक २८ गते दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गराएका थिए।

उजुरी दर्ता भएपछि इलाका प्रहरी कार्यालय झापाबाट प्रहरी नायब निरीक्षक किरण मोक्तानको नेतृत्वमा टोली खटिएको थियो।

प्रहरीले आरोपित पुरुषलाई सोही दिन घरबाट नै नियन्त्रणमा लिएको छ। साथै, प्रहरी टोलीले दुवै पक्षलाई प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याई यौनजन्य स्वास्थ्य परीक्षण गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रारम्भिक परीक्षणअनुसार पीडितको अवस्था सामान्य रहेको बताइएको छ।

पीडित पक्षका अनुसार ती महिलालाई छारे रोग (एपिलेप्सी) समेत रहेको जानकारी प्रहरीलाई दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार