काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोरखापत्र संस्थानले देश र जनताको हितमा काम गर्न निर्देशन दिनुभएको छ।
मन्त्री खरेलले नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी(अखण्ड) लाई नियुक्तिपत्र प्रदान गर्दै ऐतिहासिक महत्व बोकेको गोरखापत्रलाई अझ बलियो बनाउने र जिम्मेवारीपूर्वक काम गर्ने निर्देशन दिए । उनले संस्थाले सुशासन, भ्रष्टाचार नियन्त्रण र निर्वाचन सफल पार्न योगदान गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष भण्डारीले पनि संस्थानको सुधार गर्दै जनताका पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा मन्त्रालयकी सचिव राधिका अर्यालले पनि भण्डारीलाई सफल कार्यकालको शुभकामना दिइन्।
पुस २८ गतेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गरेको थियो।
प्रतिक्रिया