पाटन : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार (कात्तिक २९)का लागि तय गरिएको बैठक स्थगित भएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक अब मङ्सिर १ गते सोमबार दिउँसो २ बजे बस्नेछ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिलाई निर्धारित मितिमा अनिवार्य उपस्थिति रहन उनले अनुरोध गरेका छन् ।
प्रतिक्रिया