शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक

आइतबार, ०४ माघ २०८२

 काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित भएको छ ।

आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो ।

बोहराको गत पुस ३० गते निधन भएको थियो । सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते जन्मिएका थिए । पछिल्लो समय ललितपुर महालक्ष्मीस्थानस्थित इमाडोलमा बस्दै आएका थिए ।

वि.सं. २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर उनले राजनीतिक जीवन सुरु गरेका थिए । भिमदत्त पन्त र वि.पी. कोइरालाबाट प्रभावित भई राजनीतिक यात्रा सुरू गरेका बोहराले पाँच वर्ष जेल जीवन बिताए । उनी कञ्चनपुर काँग्रेसको संस्थापक नेता पनि हुन् ।

प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएर काम गरे । २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको राजनीतिक सल्लाहकार भए ।

२०७० सालमा संविधान सभा सदस्य भएर उनले संसवधान निर्माणमा समेत भूमिका खेले ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार