निर्वाचन स्थगनको माग गर्दै निर्वाचन आयोग पुग्यो देउवा समूह

आइतबार, ०४ माघ २०८२

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै निर्वाचन आयोग पुगेको छ।

पूर्वमहान्याधिवक्ता खम्मबहादुर खातीको नेतृत्वमा गएको टोलीले कार्यतालिका स्थगन गर्न माग गरेको देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिए।

निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको मिति तोकेको छ। तर कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई आयोगले आधिकारिकता दिएपछि त्यसको विरोधमा देउवा समूह सर्वोच्च अदालत पुगेको छ।

देउवा समूहले दायर गरेको रिटको पेसी पनि माघ ६ गते नै तोकिएको छ। यही कारण देखाउँदै आयोगसमक्ष निर्वाचन प्रक्रिया तत्काल अघि नबढाउन माग गरिएको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार