बालेन शाहले तत्काल राजीनामा नदिने

आइतबार, ०४ माघ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बुझाउन लागेको राजीनामा तत्कालका लागि होल्ड गरेका छन्। उनी निकटस्थहरूले आजै राजीनामा दिने तयारी रहेको बताएका थिए तर अन्तिम समयमा शाहले राजीनामा नदिने निर्णय गरेका हुन्।

उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कानुनी व्यवस्थाका कारण पनि उनले राजीनामा होल्ड गरेको बताइएको छ। हाल राजनीतिक र कानुनी अवस्था अनिश्चित रहेकाले अन्तिम समयसम्म राजीनामा होल्ड गर्ने निर्णय गरिएको हो। कांग्रेस अदालत गएको र चुनाव सर्ने सम्भावनालगायतका कारणले अहिले नै राजीनामा दिनु उपयुक्त नठानेको ती नेताले बताए।

मेयर पदबाट राजीनामा नदिइ शाह केहीबेरमा रास्वपा कार्यालय घण्टीघर जाने कार्यक्रम रहेको छ। झापा–५ बाट चुनाव लड्ने तयारीमा रहेका शाहले उम्मेदवारी दर्ताअघि राजीनामा दिने तयारी गरेका थिए। निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकेको छ, जसअनुसार दलहरूले उम्मेदवार टुंगो लगाइरहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार