निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट, मंगलबार प्रारम्भिक सुनुवाइ

आइतबार, ०४ माघ २०८२

काठमाडौं। नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ आगामी मंगलबार हुने सर्वोच्च प्रशासनले जनाएको छ।

निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनका निम्ति उम्मेदवार मनोनयन स्थगन र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार