पत्रकार इकवाल अहमदद्धारा सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा

आइतबार, ०४ माघ २०८२
पत्रकार इकवाल अहमद उम्मेदवारी घोषणा गर्दै

इनरुवा : सुनसरीको इनरुवालाई केन्द्र बनाए विगत तीन दशक देखि पत्रकारिता गर्दै आएका इकवाल अहमदले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् । सुनसरी सदरमुकाम इनरुवाको मुख्य चौकबाट विगत देखि आफुले जनताका आवाजहरु बोल्दै र लेख्दै आएकोमा अब जनताका काम गर्ने गरी आफै उम्मेदवार बन्न थालेको पत्रकार अहमदले बताएका हुन् । 

सुनसरी लगायतका देशका विभिन्न ठाउँका जनताहरुका आवाजलाई वुलन्द गर्ने काम गर्दै आएको पत्रकार दलहरुबाट जितेर जाने मान्छेहरुले केही नगर्दा जनतामा निरासा छाइरहेको समयमा त्यसैलाई मध्यनजर गर्दै अब आवाज मात्र हैन जनताका काम पनि गर्ने गरी आफु उम्मेदवार बन्न लागेको उम्मेदवारी घोषणा गर्दै अहमदले बताए । 

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय सदस्य तथा पत्रकारहरुको छाता सस्था नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य समेत रहेका अहमदले दलहरुबाट निर्वाचित भएका गएका नेताहरुले केही नगर्दा र दलहरु जनताप्रति उत्तरदायी नबन्दा जेनजी पुस्ता आन्दोलित भएको र जेनजी आन्दोलनपछि पनि दलहरु नसुधिएकाले आफुले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको समेत जानकारी गराए । 

पत्रकार अहमद इनरुवा नगरपालिका वडा नम्बर २ का स्थायी वासिन्दा हुन् । उनले लामो समय देखि इनरुवामा रहेर विभिन्न पत्रपत्रिकाहरुमा आवद्ध भएका काम गर्दै आएका छन् भने एक दशक अघि देखि इनरुवाबाट प्रतिक्षण नामक दैनिक पत्रिका प्रशासित गर्दै आएका छन् । पत्रकार अहमदको उम्मेदवारी घोषणाले सुनसरी क्षेत्र नम्बर २ मा नयाँ तरङ्ग सिर्जना गर्ने अनुमान गरिएको छ । 

अहमदको उम्मेदवारी घोषणा सभामा पत्रकारहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार