काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार श्रेष्ठले आज राजीनामा दिएका हुन्।
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा रहेका श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै थियो। कार्यकाल सकिनु एक महिना अगाडि नै राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न लागेका हुन्।
श्रेष्ठले यसअघि २०७० सालमा मकवानपुर र २०७४ सालमा गोरखाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका थिए। त्यसपछि उनी २०७६ सालमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेर निर्वाचित भएका थिए। ६५ वर्षीय श्रेष्ठले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै राजीनामा दिएका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारी दर्ता हुनुभन्दा दुई दिन अगाडि नै उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका हुन्।
प्रतिक्रिया