जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छः सन्तोष परियार

आइतबार, ०७ मंसिर २०८२

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताएका छन् ।

आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले समावेशी बनाउन नसक्दा कुन तहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेनजी आन्दोलनले प्रमाणित गरेको बताएका हुन् ।

‘जेनजी आन्दोलनले समकालिन नेपाली राजनीतिको चेतना खोलिदिएको छ । समावेशी बनाउन नसक्दा पुस्तौपुस्तालाई हामीले छोड्दाखेरी कुन तहको आन्दोलन हुन सक्दो रहेछ भन्ने कुरा भदौं २३ र २४ को आन्दोलनले प्रमाणित गरेको छ ।’

त्यस्तै, उनले आजको घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्र नभई देश संकटको घडीमा भएको अवस्थामा सबै लोकतान्त्रि,प्रगतिशीलहरु र राष्ट्रको चिन्ता गर्नेहरु एकठाउँमा आउनेदिन भएको बताए । उनले भने,‘आजको यो घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्र होइन् । यो संकटको घडीमा सबै लोकतान्त्रि,प्रगतिशीलहरु र यो राष्ट्रको चिन्ता गर्नेहरु र राष्ट्र बचाउनुपर्छ भन्नेहरु एकठाउँमा आउने दिन हो ।’

त्यस्तै, उनले संविधान प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा रहेको बताउँदै संविधानमाथि पनि धेरै संकट मुर्झाएको धारणा राखे । आफ्नो पुस्ताको सबैभन्दा ठुलो चुनौती भनेकै राज्यको गुमेको विश्वास फर्काउने रहेको उनको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार