काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानबिन प्रतिवेदनलाई यो सरकारले पुन अध्ययन गर्नुपर्ने बताएका छन् ।
मङ्गलवार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानबिन प्रतिवेदनमा एमालेको नियत छर्लङ्ग देखिएको भन्दै उनले वर्तमान सरकारले त्यसमा पुन अध्ययन गर्नुपर्ने बताएका हुन ।
उनले भने, ‘रवि लामिछानेलाई नख्खुमा राखिएको ४÷५ महिना भयो भैरहवामा लामो समय राखियो । आधार के थियो ? संसदले बनाएको छानबिन प्रतिवेदनको आधारमा संसदले पेस गरेको त्यस्तो प्रकृतिको छानबिन रिपोर्ट तयार भएको दुई तीन घण्टामा नै क्याबिनेटमा लगेर कारबाही गराएको ओली सरकारको नियतबारे आम जनताले छर्लङ्ग थाहा पाइसकेका छन् ।
त्यो प्रतिवेदनको पाना नं.४४९ फेरी पढिदिन यो सरकारलाई आग्रह गरेका छौँ । त्यो सहकारी छानबिन प्रतिवेदनलाई क्याबिनेटले पुन अध्ययन गरोस् र त्यसलाई अनुसन्धान फेरी गर्नुपर्नेमा कानुनी राय लिओस् ।’
प्रतिक्रिया