इटहरी । धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापित १०८ शिवलिङ्ग प्राण प्रतिस्ठा सहित अायाेजित श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्सङ्ग कार्यक्रमकाे अाय व्यय सार्वजनिक गरिएकाे छ । मंगलबार केन्द्रकाे काेशी प्रदेश कार्यालय परिषरमा पत्रकार सम्मेलन गर्दै हिसाब सार्वजनिक गरिएकाे हाे ।
त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशको आयोजना तथा केन्द्रिय समितिको अभिभावकत्वमा इटहरी–२ स्थित माया घर नेपाल नजिकै स्थापित १०८ शिव लिङ्ग तथा प्राण प्रतिष्ठा समारोह संगै गत कात्तिक १४ गतेदेखि २१ गतेसम्म साताव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ, सवा ११ लाख दियो प्रज्वलन तथा विशेष शंखघोषसहित विविध धार्मिक कार्यक्रम सम्पन्न भएको थियाे ।
उक्त कार्यक्रम अन्तरगत १०८ शिव लिङ्ग निर्माण तथा भूमिदान लगायत पूर्वाधारमा रु ४५,९४,३०४।– (अक्षरेपि पैतालिस लाख चौरानब्बे हजार तीन सय चार रुपैयाँ आम्दानी भएको पत्रकार सममेलनमा बताइएकाे छ ।
१०८ शिवलिङ्ग, घण्ट, नन्दी, हनुमान, शिव मूर्ति, आसन, रुद्राक्ष शिवलिङ्ग तथा ९ मिटर अग्लो त्रिशुल निर्माणमा रु ४६,३१,०४० खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयाे । असारदेखि कात्तिक २१ गतेसम्मको श्रीमद्भागवत ज्ञान महायज्ञ तथा अन्य अनुष्ठानमा रु २३,१८,१३३ खर्चभएकाे जनायएकाे छ ।त्यस्तै चतुर्मास यज्ञमा रु २,७१,४०५ संकलन भएको र रु ६,३१,५४१ खर्च भएकाे जनाइएकाे छ । शिवलिङ्ग निर्माण, भूमिदान तथा पूर्वाधारतर्फ रु ४५,९४,३०४ आम्दानी भएको र सप्ताह ज्ञान महायज्ञबाट रु ९,५१,०५९ आम्दानी भई समग्रमा कुल रु ५८,१६,७८९ आम्दानी भएको केन्द्रले जनाएको छ।
समग्र खर्च रु ७५,८०,७१४ पुगेको र अपुग रकम कोशी प्रदेश सरकार तथा इटहरी उप–महानगरपालिकाको समन्वयमा व्यवस्थापन गरिने पत्रकार सम्मेलनमा जनाइएकाे छ । निर्माणाधीन ९ मिटर अग्लो त्रिशुल आगामी शिवरात्रिमा विशेष कार्यक्रमसहित स्थापित गरिने पनि पत्रकार सम्मेलनमा बताइएकाे छ ।
यस्तै, मंसिर ३ गते बालाचतुर्दशीको अवसरमा सतबीज छर्ने कार्यक्रमअघि मंसिर २ गते दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।
प्रतिक्रिया