भोजपुरका किसानलाई मकै थन्काउने चटारो

आइतबार, १२ असोज २०८२

भोजपुर : देशभर दसैँको माहोल सुरु भइसक्दा भोजपुरको लेकाली भेगका किसानलाई भने  मकैबाली थन्काउने चटारो छ । यहाँ प्रायः भदौ र असोज महिनामा मकै पाक्ने भएकाले किसानहरू खेतबारीमा भेला भएर मकै भाँच्ने, सुकाउने र भण्डारण गर्ने काममा बेस्त हुन्छन् । 

यहाँको लेकाली क्षेत्रको प्रमुख अन्नबालीका रूपमा मकैलाई लिइन्छ । यहाँ धान उत्पादन कम हुने भएकाले मकै अधिकांश परिवारका लागि मकै वर्षभरको खानाको मुख्य स्रोत हो । किसानहरूले हाल घरआँगन र गोठको छानोमा मकै सुकाइरहेका छन् । 

कृषि ज्ञान केन्द्रका अनुसार उत्पादनमा वृद्धि गर्न लेकाली भेगमा उन्नत जातका मकैबाली बिस्तार भइरहेको छ । यसले किसानको आयआर्जनमा समेत सहयोग पु¥याएको केन्द्रले जनाएको छ । 

स्थानीय बजारमा दाना बिक्री गर्न सकिने भएकाले मकै किसानले नगद आम्दानी गरिरहेका छन् । स्थानीय बजारमा प्रतिपाथी २०० देखि २५० सम्ममा मकै बिक्री हुने गरेको किसान गोरखबहादुर विष्टले बताए ।  यहाँका नौवटै स्थानीय तहको लेकाली भेगमा मकै खेती हुने गरेको छ ।
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार