साम्राज्ञीले अर्काको श्रीमानसँग 'बेड सेयर' गरेको थाह पाएपछी डिर्भोस

बुधबार, १० मंसिर २०८२

काठमाडौं : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग हालै इन्गेजमेन्ट गरेका अमेरिकीस्थित विशाल खरेलको दाम्पत्य जीवनबारे नयाँ खुलासा सार्वजनिक भएको छ। खरेलकी पूर्वपत्नी सरिता (नाम परिवर्तन) ले सामाजिक सञ्जालमार्फत भिडियो जारी गर्दै आफ्नो वैवाहिक सम्बन्ध साम्राज्ञी र खरेलबीचको निकटताका कारण टुटेको दाबी गरेकी छन्।

साम्राज्ञीले केही दिनअघि इन्गेजमेन्टको जानकारी सार्वजनिक गरेकी थिइन्। उनले दुलाहाको पहिचान भने स्पष्ट खुलाएकी थिइनन्। तर सामाजिक सञ्जालमा ‘उनका हुनेवाला श्रीमान् डिभोर्सी र एक सन्तानका बाबु’ भन्दै चर्चा चलेपछि पूर्वपत्नी स्वयं अगाडि आएकी हुन्।

सरिताका अनुसार थाइल्यान्डमा एक म्युजिक भिडियोको सुटिङका क्रममा साम्राज्ञी र विशालबीच घनिष्ठता बढेको थियो। उनले भिडियोमार्फत भनेकी छन्—
“उनी (साम्राज्ञी) लाई थाहा थियो कि हामी म्यारिड छौँ र बच्चा पनि छ। सुटिङका बेला उनीहरूले ‘बेड सेयर’ गरेको कुरा एक्स–हस्बन्डले नै कन्फर्म गरेका थिए। त्यसपछि नै हामी दुई छुट्टियौँ।”

उनका अनुसार आफूले सोधेपछि विशालले सम्बन्धबारे स्वीकारेका थिए।

डिभोर्सपछि दुई वर्षीय छोराको हेरचाह आफूले गर्दै आएको पूर्वपत्नी सरिताको दाबी छ। आफू अहिले ‘मुभ अन’ भइसकेको बताउँदै उनले बच्चा र परिवारलाई असर पर्ने गरी अनावश्यक ट्रोल नगर्न आग्रह गरेकी छन्।
उनका नाममा बनेका अन्य सामाजिक सञ्जाल खाता आफूले नचलाएको पनि उनले प्रष्ट्याइन्।

साम्राज्ञीले तीन दिनअघि इन्गेजमेन्टको सूचना सार्वजनिक गरेकी थिइन्। तर उनले खरेलको अनुहार नदेखिने गरी मात्र फोटो शेयर गरेकी थिइन्।
यसबीच, ‘अमेरिका गएर बस्दै आएका’, ‘एक बच्चाका बाबु’ र ‘भुटानी शरणार्थी’ भएको चर्चा सामाजिक सञ्जालमा तातिएको छ।
खरेल पाँच वर्षअघि अमेरिका गएका हुन् भन्ने दाबी पनि विभिन्न स्रोतमार्फत फैलिएको छ।

सो आरोपबारे साम्राज्ञी वा उनको टिमबाट अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार