सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–११ मा एक किशोरमाथि धारिलो हतियार प्रहार भएको छ।
मङ्गलवार राति करिब १ः३० बजे घरबाट बाहिर निस्किएका लाक्पा राईका १५ वर्षीय छोरा आकाश राईमाथि तीन जनाको समूहले धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर रूपमा घाइते भएका राईको बायाँ कुममा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि धरान उपमहानगरपालिका–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने तीनै जनाको पहिचान खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय धरानबाट उनीहरूको खोजतलास तीव्र रूपमा चलिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया