इलाम : अविरल वर्षापछि आएको बाढी र पहिरोले तहसनहस बनाएको इलाममा अब नेपाली सेनाले हवाई उद्धार अभियान सुरू गरेको छ।
गम्भीर घाइतेहरूलाई समयमै उपचारका लागि लैजान कठिन भएपछि सेनाको हेलिकप्टरमार्फत पहिरो प्रभावित क्षेत्रबाट उद्धार कार्य तीव्र पारिएको हो।
स्थानीयबासी मिलन लिम्बुका अनुसार माङसेबुङ गाउँपालिका–१ गजुरमुखीबाट गर्भवती महिलासहित चार जना गम्भीर घाइतेको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको छ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका गरी पाँच स्थानीय तहमा सबैभन्दा बढी मानवीय क्षति र भौतिक विनाश भएको बताइन्छ।
प्रतिक्रिया