इटहरी । आफू जहाँ जाँदा पनि कार्यक्रमस्थलको बिजुली काटिएको आरोप गर्दै धरानका मेयर हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङप्रति असन्तुष्टि जनाएका छन्।
श्रम संस्कृति पार्टी गठनपछि विभिन्न जिल्लामा संगठन विस्तारका कार्यक्रम गर्दै आएका साम्पाङले आफ्नो यात्रासँगै निरन्तर विद्युत् अवरुद्ध हुनु संयोग मात्र नभएको दाबी गरेका छन्।
विहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै साम्पाङले आफू सहभागी भएका कार्यक्रममा बारम्बार लाइन काटिएको बताउँदै मन्त्री घिसिङमाथि आरोप थोपरे।
उनका अनुसार भोजपुर, ताप्लेजुङ र संखुवासभामा आयोजना भएका सभाका बेला पनि अचानक विद्युत् सेवा रोकिएको थियो।
साम्पाङले फेसबुकमा लेखेका छन् - “कुलमान घिसिङ जी ! भोजपुर गएँ लाइन काटिदिनु भो, ताप्लेजुङ गएँ लाइन काटिदिनु भो, संखुवा सभा गएँ त्यहाँ पनि लाइन काटिदिनु भो, अब हेटौँडा जाँदैछु त्यहाँ नि काटिदिनु है ! MCC लाई खुसी बनाउनु ! प्रभु शक्तिलाई खुसी पार्नु ल !”
प्रतिक्रिया