दार्जिलिङमा पहिरो जाँदा १३ जनाको मृत्यु, सडक–पुल भत्किँदा सम्पर्क अवरुद्ध

आइतबार, १९ असोज २०८२

दार्जिलिङ : लगातारको भारी वर्षाका कारण भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङमा भीषण पहिरो गएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मिरिक–सुखियापोखरी सडक खण्डमा पहाडको ठूलो भाग खस्दा धेरै घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरू धेरै बेपत्ता रहेका छन्।

पहिरोपछि सडकमा थुप्रिएका भग्नावशेषका कारण उद्धार र राहत कार्यमा कठिनाइ आइरहेको स्थानीय प्रशासनले जनाएको छ। मिरिक क्षेत्रमा रहेको फलामको पुल समेत भत्किँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

वर्षाको प्रभावसँगै टिस्टा नदीमा पानीको सतह बढेर बाढी आएको छ। बालुखोला नजिकै आएको बाढीले सिलिगुडीलाई सिक्किम र कालिम्पोङसँग जोड्ने मुख्य राजमार्ग समेत पूर्ण रूपमा ठप्प बनाएको छ।

दार्जिलिङ सहरका धेरै भागहरूसँग सञ्चार र यातायात सम्पर्क विच्छेद भएको बताइएको छ।

स्थानीय प्रशासन र भारतीय सेना उद्धारका लागि परिचालित छन् भने प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार