काठमाडौँ : अन्तरिम सरकार गठन भएको तीन महिना नपुग्दै सरकारले ३० भन्दा बढी विदेश भ्रमण स्वीकृत गरेको पाइएको छ।
जेनजी आन्दोलनको दबाबमा बनेको सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले अत्यावश्यकबाहेक विदेश भ्रमण नगर्ने निर्णय गरेको थियो। तर तीन महिनाको अवधिमै मन्त्रीदेखि सचिवसम्मले ३० भन्दा बढी विदेश भ्रमण स्वीकृति लिएका छन् भने केही सचिवलाई महिनैपिच्छे विदेश जाने अनुमति दिइएको देखिन्छ।
अन्तरिम सरकार गठन भएको छोटो अवधिमै तीन दर्जन हाराहारी निर्णयमार्फत सयभन्दा बढी व्यक्तिको विदेश भ्रमण स्वीकृत भएको छ। प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएको सरकारले आफ्नो म्यान्डेट विपरीत विदेश भ्रमणमा रुचि देखाएको भन्दै आलोचना बढेको छ।
कतिपय मन्त्रालयका प्राविधिक कर्मचारीको विदेश भ्रमण रोकिदिएको छ भने मन्त्री र केही सचिव भने दोहोरो–तेहरो विदेश यात्रामा निस्किरहेका छन्।
कुन मन्त्री कहाँ–कहाँ गए ?
कानुनमन्त्री अनिलकुमार सिन्हा
सबैभन्दा धेरै विदेश जाने मन्त्री उनै सिन्हा हुन्।
स्विट्जरल्यान्ड (युएनसीटीडी बैठक) — ३–५ कात्तिक
भारत (पार्टनरसिप समिट) — २४ कात्तिक
भारत (मुख्य न्यायाधीश शपथ तथा संविधान दिवस) — ८ र १० मङ्सिर
कृषिमन्त्री डा. मदनबहादुर परियार
ब्राजिल (कोप–३० सम्मेलन)
पेरु (उच्चस्तरीय गभर्निङ बडी बैठक) — १०–११ मङ्सिर
अर्थमन्त्री रामेश्वर खनाल
अमेरिका (विश्व बैंक–आईएमएफ वार्षिक बैठक) — ९ असोज
ऊर्जामन्त्री कुलमान घिसिङ
भारत (आईएसएको आठौँ बैठक) — १०–१३ कात्तिक
सञ्चारमन्त्री जगदीश खरेल
दक्षिण कोरिया (११ औँ ग्लोबल आइसिटी लिडरसिप फोरम) — २६ कात्तिक
स्वास्थ्यमन्त्री डा. सुधा शर्मा
भारत (डब्लुएचओ परम्परागत औषधि सम्मेलन) — २–४ पुस
शिक्षामन्त्री महावीर पुनले बाह्य भ्रमणमा नजाने घोषणा गरेपछि शिक्षा सचिव विश्वबाबु पुडासैनीले तीन महिनामा तीन पटक विदेश भ्रमण स्वीकृत पाएका छन्।
अस्ट्रेलिया — ८–१२ मङ्सिर
भियतनाम — १७–२१ कात्तिक
चीन — १५–१९ मङ्सिर
महिला बालबालिका मन्त्रालयकी सचिव लक्ष्मी बस्नेत — दुई भ्रमण (भारत, कोरिया)
भौतिक पूर्वाधार सचिव केशवकुमार शर्मा — फ्रान्स
सङ्घीय मामिला सचिव रविलाल पन्थ — चीन
पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली — लन्डन
कृषि सचिव गोविन्द शर्मा — पेरु
वाणिज्य सचिव डा. रामप्रसाद घिमिरे — जेनेभा
खानेपानी सचिव प्रमीलादेवी शाक्य बज्राचार्य — थाइल्यान्ड
सचिव गोविन्दबहादुर कार्की — दोहा (भ्रष्टाचारविरुद्ध सम्मेलन)
उद्योग सचिव कृष्णबहादुर राउत — रियाद (एलडीसी बैठक)
परराष्ट्र सचिव अमृतबहादुर राई — कतार (एलडीसी ग्र्याजुएसन समारोह)
प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार, अन्तरिम सरकार गठन भएयता करिब एक दर्जन बैठकबाट तीन दर्जनजति विदेश भ्रमण निर्णय भएका छन्। केही निर्णय भने सार्वजनिक नगरिएको पनि बताइएको छ।
प्रतिक्रिया