केन्द्रीय प्रविधि क्याम्पस धरानमा प्रशासनिक भवनको शिलान्यास

शुक्रबार, १९ मंसिर २०८२

धरान : धरान उपमहानगरपालिका–१४ हात्तिसारस्थित केन्द्रीय प्रविधि क्याम्पसमा निर्माण हुन लागेको प्रशासनिक भवनको आज शिलान्यास गरिएको छ।


क्याम्पसका प्रमुख प्राध्यापक बसन्तकुमार राई, सञ्चालक समिति अध्यक्ष प्राडा.धनबहादुर कार्की, धरान उपमहानगरपालिका –१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले संयुक्त रुपमा सिल्यानास गरेका हुन ।


भवन निर्माणको ठेक्का सिमवाली क्रिपाम जेभी टोखा काठमाण्डौले साइट क्लियर गरी निर्माणकार्य शुरु गरेको छ । कम्पनीले भ्याट र कन्टेन्जेन्सी बाहेक प्रदेश सरकारको कुल १ करोड, ६६ लाख, १३ हजार ५०७ रुपयमा ठेक्का लिएको कम्पनीका सुपरभाइजर अनिल श्रेष्ठले बताए । 


कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त रु. १ करोड ६६ लाख १३ हजार ५०७ रुपैयाँ लागतमा निर्माण गरिने तीनतले भवनमा आधुनिक सेमिनार हल अपाङमैत्री शौचालयहरु,  सहित सात कोठा रहने निर्माण कम्पनीका सुपरभाइजर अनिल श्रेष्ठले जानकारी दिए । उनका अनुसार भवन निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता भए पनि तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।


क्याम्पस प्रमुख राईका अनुसार भवन सम्पन्न भएपछि क्याम्पसको प्रशासनिक सेवा प्रवाह थप व्यवस्थित, सहज र प्रभावकारी हुने छ।


नवनिर्माणाधीन भवनमा १०८ जनाको क्षमता भएको आधुनिक मिटिङ हल रहनेछ। निर्माण सम्पन्न भएपछि प्रशासनिक कार्यहरू यही भवनबाट  संचालन गरिने प्रमुख राईले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार