नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (शुक्रबार) दिउँसो ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकको जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार विशेष महाधिवेशनको मिति तोकेपछि कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।
विशेष महाधिवेशन पक्षधरले आगामी २७ र २८ पुसको लागि महाधिवेशन गर्न भृकुटीमण्डलमा हल बुक गराएका छन् ।
१५ औँ महाधिवेशनको कार्यतालिका अवरुद्ध भएपछि महामन्त्रीद्वयले नै नियमित महाधिवेन स्थगित गराइसकेका छन् ।
प्रतिक्रिया