सिरहा : अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजित वनभोज कार्यक्रममा सहभागी हुन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर प्रयोग गरी सिरहा पुगेपछि उनको कदमको चर्को आलोचना सुरु भएको छ ।
नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवको निमन्त्रणामा धनगढीमाई नगरपालिका–१४ मा आयोजित वनभोज कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री बानियाँ हेलिकोप्टरमार्फत सिरहा पुगेको बताइएको छ ।
निजी तथा पार्टीगत कार्यक्रममा सहभागी हुन राज्यका स्रोतसाधन प्रयोग गरिएको भन्दै स्थानीय राजनीतिक वृत्त र बुद्धिजीवीहरूले आपत्ति जनाएका छन् । उनीहरूले वनभोजजस्तो अनौपचारिक कार्यक्रममा मुख्यमन्त्रीले हेलिकोप्टर प्रयोग गर्नु राज्य स्रोतको दुरुपयोग भएको आरोप लगाएका छन् ।
यद्यपी हेलिकप्टरका लागि खर्च व्यवस्थापन कसको हो भन्ने बारे खुल्न सकेको छैन ।
प्रतिक्रिया