पाँचथर– नावा खोलामा आएको बाढीले सडकमा क्षति पु¥याएपछि अवरुद्ध तमोर करिडोर आइतबार मध्यान्हदेखि सञ्चालनमा आएको छ ।
तमोर करिडोर आयोजनाले पाँचथर र धनकुटाको सीमावर्ती नावा खोला बाढीले बगाएको पहुँच मार्ग मर्मत गरेसँगै यो सडकमा सवारी र ढुवानीका साधन चल्न थालेका हुन ।
बाढीले क्षति पु¥याएसँगै यो सडक कात्तिक १३ गतेदेखि अवरुद्ध थियो ।
सडक अवरुद्ध हुँदा पाँचथर र ताप्लेजुङ जिल्लाबाट तमोर करिडोर भएर सुनसरी मोरङ सहित विभिन्न जिल्ला पुग्ने सवारी र यात्रु रोकिएका थिए ।
सडकको अवरोध हटेसँगै यो सडकमा रोकिएका सवारी र ढुवानीका साधन आ आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिए ।
प्रतिक्रिया