एमाले संसद पुनःस्थापनाको पक्षमा छ: सचिव कार्की

विहीबार, १७ पुस २०८२

विराटनगर :  नेकपा एमालेका सचिव हिक्मत कार्कीले जेनजी आन्दोलनपछि पनि नेकपा एमाले ठिंग उभिन सफल भएको बताएका छन् । प्रेस चौतारी नेपाल, मोरङले आयोजना गरेको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै एमाले सचिव कार्कीले केही राजनीतिक दलहरू अझै उठ्ने प्रयासमै रहेको र कतिपय दल हावामा नै दौडिरहेको अवस्थामा एमाले ठिंग उभिएको बताएका हुन। 

एमाले सचिव कार्कीले गत भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेकपा एमाले धुलो टकटक्याएर उठ्न सफल भएको उल्लेख गर्दै उभिनु नै अहिलेको अवस्थामा ठूलो सफलता भएको बताए । 
 
कोशी प्रदेशका मुख्यमन्त्री समेत रहेका कार्कीले वर्तमान मुलुकको परिस्थितिलाई मूल्यांकन गर्दा निर्वाचन शान्तिपूर्ण र भयरहित रूपमा हुने सम्भावना अझै प्रस्ट नभएको दावी समेत गरे । कार्कीले निर्वाचनले मात्र नेपालको विद्यमान समस्याको समाधान गर्छ भन्ने ग्यारेन्टीसमेत नरहेको उल्लेख गरे । संसद पुनस्र्थापना गरेर अहिले उठेका मागलाई सम्बोधन गरेर अगाडि बढियो भने मात्रै समस्याको समाधान हुने एमाले सचिव कार्कीको भनाई रहेको थियो । उनले थपे  नेकपा एमाले संसद पुनस्र्थापनाको पक्षमा रहेको छ । 

सोही अवसरमा एमालेको ११ औं महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित जीवन घिमिरे, ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत, दिलिप बगडिया, शिल्पा निराला कार्की र अनुशासन आयोग सदस्य राजमती इङनामलाई कार्कीले बधाई तथा शुभकामना दिएका थिए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार