काठमाडौं : पत्रकार ऋषि धमलाकी पत्नी तथा मोडेल एलिजा गौतमलाई आम जनता पार्टीले समानुपातिकमा उम्मेदवार बनाएको छ । उनी खस आर्य महिलाको क्लस्टरमा पहिलो नम्बरमा परेकी छन् ।
गौतम यसअघि जनादेश पार्टीमा थिइन् । उपाध्यक्ष बनाउने भने पनि नबनाएपछि एक महिनामै सो पार्टी छोडेर उनी आजपामा भित्रिएकी हुन् ।
आजपामा उनी उपाध्यक्ष छिन् । आजपाले यसअघि एलिजाले छोडेको जनादेश पार्टीसँग चुनावी सहकार्य गरेको छ ।
प्रतिक्रिया