एआईजी अधिकारी इन्टरपोल महासभामा भाग लिन मोरक्को जाँदै

शुक्रबार, १४ कार्तिक २०८२

बिराटनगर : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको मोरक्को भ्रमण स्वीकृत भएको छ ।

 (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले ९३ औँ इन्टरपोल महासभामा सहभागी हुन अधिकारीलाई स्वीकृत प्रदान गरेको हो ।

उक्त महासभा आगामी मङ्सिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुँदैछ । यसअघि यस्ता महासभामा प्रहरी महानिरीक्षक (आईजीपी्) लाई नै पठाउने गरिएको थियो । तर, आईजीपी चन्द्रकुवेर खापुङ यही कात्तिक २६ गते अवकाशमा जाँदैछन् ।

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण खापुङ २६ कात्तिकको राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका हुन् ।

आईजीपी अवकाशमा गएको दुई हप्तापछि हुने भ्रमणको स्वीकृति सरकारले एआईजी अधिकारीलाई दिइसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार