इटहरी – इटहरी–विराटनगर कोशी लोकमार्गमा यात्रुवाहक बस, अटो र मोटरसाइकलबिच भएको भीषण ठक्करमा मोटरसाइकल चालकको मृत्यु र दुई जनाको गम्भीर घाइते हुने घटना घटेको छ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको बस (प्र १-०१-००१ ख ४२६८) अनियन्त्रित भई अटो (को २ ह ५६९४) सँग ठक्कर खाँदै अगाडि बढ्दा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल (प्र २-०२-००१ प १६१२) सँग ठोक्किएको थियो।
घटनास्थलमा पुगेको प्रहरीले मोटरसाइकल चालक गोकुलराज भण्डारी (४७) इनरुवा–७० र अटोमा सवार एक महिलालाई गम्भीर घाइते अवस्थामा विराट मेडिकल कलेज, बुढीगंगा, मोरङ पठाएको थियो।
उपचारको क्रममा भण्डारीको मृत्यु भएको पुष्टि भएको छ। घटनामा ३६ वर्षीया गीता श्रेष्ठ गम्भीर घाइते भएकी छन् । उनीहरू श्रीमान–श्रीमती रहेको प्रहरीले पुष्टि गरेको छ ।
बस चालक लोकनाथ भट्टराई (५८), धरान र अटो चालक सृजन कुमार राई (२४), इटहरीलाई प्र.चौ. खनारले नियन्त्रणमा लिएको छ। दुर्घटना स्थल प्र.चौ. खनारबाट करिब २ किलोमिटर उत्तरमा रहेको बताइएको छ।
प्रतिक्रिया