इटहरी : सुनसरीको दुहबी नगरपालिका–१२ बुकडहरीस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्।
असोज १६ गते साँझ को १२ प ६९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका पैदलयात्री ६० वर्षीया मीरा भुजेल र उनका २ वर्षीय छोरा मेजेश भुजेललाई ठक्कर दिएको थियो।
दुवैलाई गम्भीर अवस्थामा विराटनगरको नोबेल अस्पताल पठाइएको थियो। प्रहरीले जानकारी दिएको अनुसार, उपचारको क्रममा असोज १९ गते आइतबार साँझ मीरा भुजेलको मृत्यु भएको छ। बालक मेजेश भुजेलको अवस्था गम्भीर भए पनि उपचार जारी छ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका–१ का २२ वर्षीय मुकेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया