इटहरी : इटहरी उपमहानगरपालिका–१३, खनारस्थित कोशी राजमार्गमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार राति करिब ११ बजे भुश्कलुवाबाट दुहबीतर्फ जाँदै गरेको प्र। १–०४–००२ प १७९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा दुई जना सवार थिए, जसमा दुहबी नगरपालिका–९ का ३० वर्षीय सुनिल कुमार चौधरीको अवस्था गम्भीर बनेको थियो।
गम्भीर घाइते दुवैलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको भए पनि चौधरीको शुक्रवार साँझ उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
अर्का घाइते, सोही स्थानका २२ वर्षीय रुबेन चौधरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि कोशी अस्पताल, विराटनगरमा राखिएको छ।
प्रतिक्रिया